Breaking
Mon. Nov 10th, 2025

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

सुनकोशी समाचार
माघ,११ चौतारा, , सिन्धुपाल्चोक चौतारा स्थित रहेको हिराहरि तेक्वान्दो डोजाङका सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा ग्रेडिङ तथा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा र बागमती खेलकुद विकास परिषद्का सदस्य निरन्तर थापा मगरको विशिष्ट आतिथ्यतामा रातो कालो पेटि र प्रथम डान कालो पेटी र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको छ ।

रातो पेटीबाट रातो कालो पेटीमा सचिन तामाङ, मिशन श्रेष्ठ, मिशन बागदाश उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि शिभान्शु श्रेष्ठ , लाक्पा तामाङ ,साजन घले , आयुशी श्रेष्ठ भने रातो कालो पेतिबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ ।

तेस्तै गरि हिराहरी तेक्वान्दो डोजाङ्गद्वारा गत पौष ६ र ७ गते आयोजित प्रथम हिराहरी जिल्ला स्तरिय नगरकप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता २०८० मा डोजाङ्गको प्रतिनिधित्व गरि पदक जित्न सफल खेलाडीहरुलाइ डोजाङ्गले खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ । सो जिल्ला स्तरिय प्रतियोगिताको क्योरुगी तथा पुम्से विधा दुबैको उपाधी हिराहरी डोजाङ्गले उचाल्न सफल भएसङै उत्कृष्ट पुरुष पुम्से खेलाडीमा लाक्पा तामाङ र उत्कृष्ट महिला पुम्से खेलाडीमा सोफिया श्रेष्ठ भएको थिए । यी दुबै हिरहरी डोजाङ्गकै खेलाडी हुन् ।

जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता दुबै विधाको उपाधी जितेकोमा हार्दिक बधाई र अबको लक्ष्य भनेको प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय सम्म हुनु पर्ने कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ का अध्यक्ष शिव श्रेष्ठ बताउनुभयो ।

विशिष्ट अतिथि बागमती प्रदेश खेलकुद परिषद् का सदस्य निरन्जन थापा मगरले भन्नुभयो छैठौं चौतारा नगर पालिका स्तरियमा तेक्वान्दो विधाको १२ स्वर्ण मध्ये ११ स्वर्ण यसै डोजाङ्गमा प्रशिक्षणरत खेलाडीहरुले जित्न सफल भएको छ । पछिल्लो चरणमा यस डोजाङ्गले जिल्लामा उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको छ ।

तेस्को ज्वलन्त उदाहरण भनेको पछिल्लो पटकको जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिताको नतिजा हो।सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाइ संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिदै खेलाडीका ग्रेडिङ डोजाङ प्रमुख गुरुङलेनै लिनु भएको थियो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *