सुनकोशी समाचार
सुनकोशी बैशाख ११ गते शुक्रबार ।।सिन्धुपाल्चोक जिल्ला ससनकोशी गाउपालिका वडा न ४ कात्तिके कुल्छी स्थित समाजसेवी टोप बहादुर बस्नेतले आफ्नो ब्यक्तिगत लगानिमा बिसौना निर्माण गर्नु भएको छ।
गाँउमा ज्ञन बहादुर दाइ भनेर चिनिने टोप बहादुर बस्नेत सामाजिक कामहरूमा सँधै अगाडि देखिन्छन।मठ मन्दिर,सार्वजनिक धारा,कुवा,पाटि पौवा,विसौनाहरू बनाउन मन पराउने बस्नेत सुनकोशी ५ बर्थान निबासी हुन् उहाले सुनकोशी ५ बर्थान डाडामा १ बिसौना र धार गत साल बनाउनु भयो।तेस्तै सुनकोशी ५ बाईमारङमा पर्ने बादर हेर्ने डिल भनेर चिनिने डाडामा पनि बनाउनु भएको थियो।

हालसम्म बस्नेतले ३ बिसौना र १ धारा बनाउनु भएको छ भने बाकि दिनहरूमा आफुले सकुन जेल लोपहुदै गएको बिसौना धाराहरू बनाउदै जाने र पहिला गोरेटो बाटोहरू थिय अहिले सबै मोटर बाटो बने पुराना संरचनाहरू भत्किय पुराना सिडिहरू भत्किएका छन, बाटो हिड्ने बटुवालाई पानिखाने पुराना कुवा धारा मासिए,बाटो हिड्दा थकाई लाग्दा बस्ने बिसौना छैनन् तेसैले म बनाउदै हिडेको छु मेरो अभियानमा मेरो जेठो छोराले पनि साथ दिएको छ।
मैले बिसौना बनाउन सामान ढुङ्गा लगाएत जम्मा गर्न थाले पछि गाँउका मान्छेहरू पनि सहयोग गर्न आउछन खुसिलाग्छ।यो समय गाउका मान्छे सबै सरकारी बजेटको मुख ताकेर बस्छन् बाटोमा एउटा ढुङ्गा झरेको फाल्न,घरको आँगनको पर्खाल लगाउन पनि मान्छे सरकारी बजेट कुर्छन।यस्तो काम गर्न बजेट नै कुर्न पर्दैन हामि मिलेर गरे बिकास आफै हुन्छ।समाजिक काम गर्न मन चाहिन्छ त्यो मन आफुबाट भित्रै देखि हुन पर्ने बस्नेत बताउनु हुन्छ।
