सुनकोशी समाचार
सिन्धुपाल्चोक। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनका लागि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ बाट राम कुमार थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएका थापालाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
थापाको सर्वसम्मत चयनसँगै सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि र महाधिवेशनसम्बन्धी प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ।
