Breaking
Thu. Oct 22nd, 2026

त्रिपुरासुन्दरी गाउँपालिका कांग्रेस सभापतिमा मिठु बोहरा सर्वसम्मत निर्वाचित

सुनकोशी समाचार
सिन्धुपाल्चोक। नेपाली कांग्रेस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका सभापतिमा मिठु बोहरा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिका–३, धुस्कुनको वडा सभापतिमा ज्ञानेन्द्र नेपाल र वडा नम्बर ६, टेकनपुरको वडा सभापतिमा रामहरि बोहरा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

पार्टीको आन्तरिक संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित भएको नेतृत्व चयन प्रक्रियाबाट गाउँपालिका तथा वडा तहमा नयाँ नेतृत्व चयन भएको हो।

सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र आपसी एकता, सहकार्य र संगठन विस्तारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित सभापतिहरूले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनस्तरसम्म पुर्‍याउँदै संगठनलाई थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *