Breaking
Sun. Aug 23rd, 2026

संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौंमा नयाँ नेतृत्व चयन

सुनकोशी समाचार
काठमाडौं, साउन १७।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल, काठमाडौं जिल्ला शाखाको विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघका केन्द्रीय कोषाध्यक्ष गणेश सापकोटाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यकाभर कार्यरत एम्बुलेन्स चालकहरूको उल्लेखनीय सहभागितामा अधिवेशन सम्पन्न भएको हो।

प्रत्येक वर्ष नियमित रूपमा आयोजना हुने जिल्ला अधिवेशनअन्तर्गत यसपटक तत्कालीन जिल्ला अध्यक्ष धन परियारले राजीनामा दिएपछि विशेष अधिवेशन आयोजना गरिएको संघले जनाएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित जिल्ला कार्यसमितिमा अध्यक्षमा रमेश कटुवाल, उपाध्यक्षमा ठालु तामाङ, सचिवमा गोपी श्रेष्ठ, सहसचिवमा बालकुमार खड्का, कोषाध्यक्षमा रामचन्द्र भण्डारी तथा सह–कोषाध्यक्षमा सुशील श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा एरेन भण्डारी, सुवर्ण कोजु, सुरेन्द्र तामाङ, कृष्ण गुरुङ, चिरण कटुवाल, निरज भुजेल, सविन राना मगर र वीरबहादुर धिमाल निर्वाचित भएका छन्।

नवनिर्वाचित कोषाध्यक्ष रामचन्द्र भण्डारीका अनुसार नयाँ कार्यसमितिले एम्बुलेन्स चालकहरूको हकहित संरक्षण, पेशागत मर्यादा अभिवृद्धि, क्षमता विकास तथा आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छन्।

अधिवेशनमा सहभागी वक्ताहरूले एम्बुलेन्स चालकहरू स्वास्थ्य सेवाको महत्वपूर्ण अंग भएकाले उनीहरूको पेशागत सुरक्षा, सम्मान, तालिम तथा सेवा–सुविधा विस्तारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संघलाई अझ सशक्त, एकताबद्ध र सेवामुखी संस्थाका रूपमा अगाडि बढाउने विश्वास समेत व्यक्त गरिएको थियो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *