सुनकोशी समाचार
सुनकोशी असार ९ गते -श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ सुनकोशी गाउँपालिकाको रोजगार संवाद मञ्चद्वारा आयोजित “रोजगारीको अवसर वृद्धिमा स्थानीय तहको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष तथा स्थानीय निर्देशक समितिका संयोजक टपिन्द्र प्रसाद तिमल्सिनाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत दिकेश प्रजापति, सबै वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, वडा सचिव तथा सदस्यहरू, रोजगार संवाद मञ्चका पदाधिकारीहरू, संघसंस्थाका प्रतिनिधिहरू, कृषि तथा दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरू, अगुवा कृषक र श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा श्रमको माध्यमबाट आयआर्जन गर्दै जीविकोपार्जन गरिरहेका प्रत्येक वडाका उत्कृष्ट श्रमिकहरूलाई “उत्कृष्ट श्रमिक सम्मान” प्रदान गरिएको थियो। सम्मानित श्रमिकहरूले श्रमको माध्यमबाट आत्मनिर्भर जीवनशैली अपनाउँदै आएका छन्।
अन्तरक्रियामा सहभागी वक्ताहरूले रोजगार वृद्धिका लागि स्थानीय सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्नुपर्ने, बजेट व्यवस्थापनमा स्पष्टता ल्याउनुपर्ने, साथै उत्पादन र बजारिकरणलाई जोड दिँदै कार्यक्रम तयार गर्नुपर्ने सुझावहरू प्रस्तुत गरीययको थियोे ।।
उक्त कार्यक्रममार्फत प्राप्त महत्वपूर्ण सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।
यो कार्यक्रमले स्थानीय तहको रोजगारी अभिवृद्धिमा खेल्न सक्ने सक्रिय भूमिकालाई उजागर गर्नुका साथै श्रमिक वर्गप्रतिको सम्मान र सम्मानजनक जीवन यापनको सन्देश फैलाएको छ भने कार्यक्रमले स्थानीय सरकारहरूलाई आत्मनिर्भर रोजगार कार्यक्रम सञ्चालनतर्फ प्रोत्साहन गर्ने विश्वास गरियको रोजगार संयोजक बिजय के सिले बताउनु भयो ।
