सुनकोशी समाचार
सुनकोशी, असार १० – नेपाली कांग्रेस सुनकोशी गाउँपालिका कार्यसमितिले स्थानीय सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष समक्ष १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
कार्यक्रममा सुनकोशी गाँउपालिका सभापति रूपकाजि लामाको नेत्रित्वमा ,महासमिति सदस्य तथा सुनकोशी गाँउपालिका पुर्व अध्यक्ष श्रवण कुमार जि सि,महासमिति सदस्य तथा सुनकोशी गाँउपालिका वडा न ६ का पुर्व वडा अध्यक्ष राम कुमार थापा,नेपाली काँग्रेस प्रदेश सभापति तथा सुनकोशी गाँउपालिका वडा न ४ पुर्व वडा अध्यक्ष देबेन्द्र खड्का,पुर्व महासमिति सदस्य प्रेम लामा उपाध्यक्ष लक्ष्मी पौडेल,मन्जु नेपाल लगायत सुनकोशी काँग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा कांग्रेसले गाउँपालिकाको कार्यपालिकामा बहुमत सदस्यहरूको मतलाई बेवास्ता गर्दै प्रजातान्त्रिक मूल्य र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने कार्य गर्दै आएको आरोप लगाएको छ। साथै, गाउँपालिका नेतृत्वले आफूलाई सर्वसत्तावादी शैलीमा प्रस्तुत गर्दै आएकोप्रति घोर आपत्ति जनाइएको छ।
पार्टीले प्रमुख तथा उपप्रमुखलाई मित्रवत् रूपमा सल्लाह–सुझाव दिंदै आएको भए पनि, पालिकाको गलत, अलोकतान्त्रिक, र मनोमानी क्रियाकलापहरूविरुद्ध प्रतिपक्षको भूमिकामा जिम्मेवारीपूर्वक आवाज उठाउँदै आएको स्पष्ट पारेको छ।
उक्त १६ बुँदे ध्यानाकर्षण पत्रमा गाउँपालिकाको समग्र विकास निर्माण, बजेटको न्यायोचित विनियोजन, निर्णय प्रक्रियामा पारदर्शिता, भौगोलिक हिसावले अध्यन गरि आफ्नै प्रसासकिय भवन निर्माण गर्नु पर्ने नागरिक सरोकारका विषयमा उचित ध्यान नदिएको लगायतका प्रमुख विषयवस्तु समेटिए पलिका सभापति रूपकाजि लामाले बताउनु भयो।
नेपाली कांग्रेस सुनकोशीले गाउँपालिकाको नेतृत्वलाई लोकतान्त्रिक अभ्यासको पालना गर्न र स्थानीय तहको उत्तरदायित्वप्रति सजग रहन आग्रह गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न चेतावनीसमेत दिएको छ।
