Breaking
Fri. Mar 6th, 2026

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रम सम्पन्न

सुनकोशी समाचार

सुनकोशी , असार ४ — सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रम” आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्छी लामा, जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईं, प्रमुख प्रशासकीय अधिकृत दिकेश प्रजापति,स्वस्थ्य शाखा प्रमुख गोबिन्द हायु विभिन्न वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता, यसको दीगो प्रभाव र स्थानीय तहको भूमिकाबारे विस्तृत छलफल गरिनुका साथै सबै सरोकारवालाहरूबाट खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

स्थानीय समुदायको सक्रिय सहभागिता र सरोकारवाला निकायहरूको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। यो कार्यक्रममार्फत सुनकोशी गाउँपालिकामा खोप अभियानलाई थप मजबुत बनाउँदै सर्वसाधारणमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *