सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक, असार ३ – सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रम अन्तर्गत यहि २०८२ साल असार ७ गते शनिबार बिहान ८:०० बजे बसन्तपुर खेल मैदान, लामोसाँघुमा एक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।
जिल्लाको पर्यटन व्यवसाय प्रवर्द्धन गर्दै व्यवसाय विस्तारमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र सुकुटे पर्यटन व्यवसायी संघ बीच हुनेछ।
उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले खेलप्रेमी सबै महानुभावहरुलाई सो अवसरमा उपस्थित भई प्रतियोगितालाई उत्साहप्रद बनाउन हार्दिक अनुरोध गर्नुभएको छ।
उक्त प्रतियोगिताले जिल्लाभित्र आपसी सद्भाव बढाउनुका साथै पर्यटन र व्यवसाय क्षेत्रका प्रतिनिधिहरूबीच सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
