सुनकोशी समाचार
दोलखा । नेपाली काङ्ग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३ औं स्मृतिमा आयोजित बागमती प्रदेश स्तरीय पुरुषष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश ‘क’ को आयोजनामा आयोजित प्रतियोगिता जिल्लाको बैतेश्वर गाउँपालिका तीन स्थित मिर्गे बजार प्राङ्गणमा सुरु भएको हो ।
व
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतले उद्घघाटन गरेको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाहरुबाट ९ टिमले सहभागीता जनाएको छन्।
उद्घाघाटन सत्रको आजको पहिलो खेल सिन्धुली र रामेछापबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ ।
