सुनकोशी समाचार
सिन्धुपाल्चोक जेष्ठ ५।। नेपाल तेक्वान्दो संघद्वारा जेष्ठ ३ देखि ५ गतेसम्म आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद प्रशिक्षक तथा हिराहरि तेक्वान्दो डोजाङ्ग प्रमुख रमेश गुरुङले सफलतापुर्बक सम्पन्न गरेको छ ।
गुरुङ सहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङले पनि सफलतापुर्बक सम्पन्न गरेको छ । तेस्तै गरि तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक सेमिनारमा लिसंखुपाखर गाउँपालिकाका प्रशिक्षक तथा लिसंखुपाखर तेक्वान्दो डोजाङ्गका प्रमुख इश्वर भण्डारी र हिराहरि तेक्वान्दो डोजाङ्गका तेस्रो डान कालोपाटी सुदिप तामाङले पनि सेमिनार सफलतापुर्बक सम्पन्न गरेको छ । सेमिनारमा उतिर्ण भएसंगै सुदिप तामाङ र इश्वर भण्डारी राष्ट्रिय पुम्से निर्णायक हुनेछ ।
नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यलय सातदोबाटो, ललितपुरको आफ्नै हलमा सम्पन्न भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले १ सय ६ जना सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।
