Breaking
Wed. Dec 10th, 2025

सुनकोशी ५ सुनखानिमा मादक पदार्थ,बिक्री वितरण र जुवा तास खेल्न निषेध

सुनकोशी समाचार

जेष्ठ ८ ।।सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं ५ सुनखानिमा मादक पदार्थ उत्पादन, सेवन, बिक्री वितरण र जुवा तास खेल्न निषेध गरिएको छ ।
सुनकोशी गाउपालिका वडा नं ५ को जेष्ट ४ गते बसेको सर्वदलीय बैठकले वडा नं ५ का अध्यक्ष जाल बहादुर लामाको प्रस्तावलाई पारित गरेको हो ।

गत ४ गते बसेको सर्वदलीय बैठकले वडा नं ५ भित्र मादक पदार्थ बेलुकी ८ बजे पछि बिक्रीवितरण गर्न नपाउने, र जुवा तास खेल्न पुर्ण रूपमा निषेध गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि वडा अध्यक्ष लामाले प्रचार प्रसार लगायतका अन्य तयारी शुरु गर्नु भएको छ।
सर्वदलीयमा नेपाली काँग्रेस ,नेकपा एमाले,नेकपा माओवादी ,राप्रपा लगाएतका पार्टि प्रतिनिधि वडाका बुद्धिजीवीको उपस्थितिमा उक्त निर्णय गरियको र जुवा तास खेलाउनेलाई ५ हजार जरिवाना खल्नेलाई ३ हजार जिरिवाना गरिने छ भने मादक पदार्थ सेवन गरि होहल्ला झैझगडा गर्नेलाई ३ हजार र बेलुकी ८ बजे पछि मदक पदार्थ जन्य पदार्थ बिक्रीवितरण गरे ५ हजार जरिवाना गरिने सुनकोशी ५ का नेपाली काँग्रेस ईकाई सभापति कुमार बस्नेतले जानकारि दिनु भयो।
वडामा यस्ता कार्यले टोलबस्तिमा जुवातास र मादक पदार्थ सेवनका कारण धेरै जसो घरपरिवार र छरछिमेकमा झैझगडा कारण भएको हुदा सद्भाव कायम राख्न समस्य छ।अब यस्तो कार्य वडाले मात्र हैन पालिका भरि नै गरिनु पर्ने बस्नेतले बताउनु भयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *