कुमार बस्नेत (अधिराज )
बाह्रबिसे ।।बैशाख २२ गते शनिबार ।।प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारले शनिबार घर निर्माणका लागि जग्गा धनी पुर्जा पाएका छन् ।
बाह्रबिसे नगरपालिकाभित्र बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको मारबाट विस्थापित भएका परिवारलाई नगरपालिकाभित्र जग्गा उपलब्ध गराइ पुर्जा वितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । ‘हामीले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट विस्थापित भएर घरबार तथा जग्गाविहीन भएका स्थानीयको पहिचान गरी जग्गा धनी पुर्जा दिएका छौं, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले विपत्तिको मार खेप्नु परेको थियो नगर प्रमुख बालकृष्ण बस्नेतले भन्नुभयो ।
नगरभरिको प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरूको पहिचान गरेर अघिल्लो वर्ष १४ घर परिवार र यो वर्ष शनिबार २२ घर परिवारलाई पुर्जा दिएको बस्नेतले बताउनु भयो । सिन्धुपाल्चोकमा स्थानीय तहमा सम्भवत: बाह्रबिसे नगरपालिका पहिलो हो, यसरी जग्गा धनी पुर्जा उपलब्ध गराउने अझै धेरै परिवार समस्या पर्नुभएको छ उहाँहरूको थप पहिचान गरेर नगरपालिका अघि बढ्ने छ बस्नेतले भन्नु भयो ।
प्राकृतिक विपत्तिबाट पीडित भएका परिवार जग्गा धनी पुर्जा पाएपछि खुसी भएका छन् । ‘अघिल्लो सरकारको पालादेखि विस्थापित भएका थियौँ अहिले आएर पुर्जा पायौँ घर बनाउन पाउने भएपछि हामी खुसी छौं,तिलकबहादुर सेवा दमाई भन्नु हुन्छ , हामीले अहिलेसम्म धेरै पीडा भोग्नु पर्यो अब घर बनाउन जग्गा पाउँदा खुसी छु ।
त्यस्तै अर्का विस्थापित कमला देवी कार्की थप्नु हुन्छ। ‘७७ सालदेखि विस्थापित भएका हामीले बल्ल पुर्जा पाएका छौं, हामीलाई पुर्जासँगै घर निर्माण गर्न सरकारले दिने ५ लाख सदुपयोग गरेर जीवन निर्वाहको लागि एउटा बास बनाउँछु ।
स्थानीय सरकारले जग्गा उपलब्ध गराएसँगै प्रदेश तथा केन्द्रीय सरकारले उपलब्ध गराएको रकममा स्थानीय सरकारले १५ प्रतिशत रकम थपेर विस्थापित परिवारलाई घर निर्माणमा सहयोग पुग्ने बाह्रबिसे नगरपालिकाले जनाएको छ । पुर्जा वितरण कार्यक्रममा पुग्नु भएको पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले विपत्तिको मारमा स्थानीय तहको सरकारको भूमिका ठूलो हुने बताउनुभयो ।
अहिले निर्वाचन जितेका जनप्रतिनिधिले बाह्रबिसेमा वास्तविक विस्थापितको पहिचान गरेर काम गरेको छ । स्थानीय सरकारको अनुभूति जनताले गरेका छन् । त्यसैले तपाईंहरूले निर्वाचन जित्नु भएको छ । यस्तै काम गर्दै जाँदा तपाईंहरू जनताको अभिभावक भएको उनीहरूमा अनुभूति हुन्छ बस्नेतले भन्नुभयो ।
जिल्लाभर प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरूको लागि काम गर्ने बाह्रबिसे नगरपालिका पहिलो बनेको छ । हालसम्म जिल्ला भर जग्गा खरिद गर्ने ४८१ परिवार छन् त्यसमध्ये बाह्रबिसे नगरपालिकाका ३६ परिवारले जग्गा पाइसकेका छन् । भने, ५८ परिवारले घर निर्माण गरिसकेका छन् । विस्थापित परिवारको तथ्यांक संकलन गर्न प्रतिबद्धता परियोजनाले स्थानीय तहसँग समन्वय गर्दै आएको छ ।