Breaking
Wed. Dec 10th, 2025

सिन्धुपाल्चोक जिल्ला लिग :बाह्रदेवी र योङ्ग जेनेरेसन सेमिफाइनलमा

सुनकोशी समाचार

सुनकोशी ।।बैशाख १७ गते।।बाह्रदेवी युवा क्लब र योङ्ग जेनेरेसन युवा क्लब लामोसाँघु बसन्तपुर खेल मैदानमा भईरहेको सिन्धुपाल्चोक जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा सोमबार सम्पन्न खेलमा धार्पा युवा क्लबलाई हराउँदै बाह्रदेवी र प्याराडाइज युवा क्लबलाई हराउँदै योङ्ग जेनेरेसन अन्तिम चारमा पुगेका हुन्।

पहिलो खेलमा रोशन तामाङको निर्णायक गोलमा बाह्रदेवीले धार्पालाई १-० गोल अन्तरले पराजित गरेको थियो।

यस्तै, सोमबार नै भएको दोस्रो खेलमा जेनेरेसनले प्याराडाइजलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो।

अब फाइनल प्रवेशका लागि जेनेरेसनले चौतारा स्पोर्टिङ क्लबसँग खेल्ने छ। यस्तै, बाह्रदेवीले साविक विजेता न्यू सदाबहार युवा क्लबसँग खेल्ने छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *