सुनकोशी समाचार
बाह्रबिसे नगरपालिका वडा न ७ स्थित भिरखर्कमा कौरे कान्छाको घरमा ग्यासको सिलिन्डर लिक भई आगो लागि भइ आईतबार लाखौको धनमाल सहित घर जलेर नस्ट भएको थियो।

बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ वडा अध्यक्ष जीबन कुमार भण्डारी लगाएतको टिम सोमबार घटना स्थल पुग्नु भएको छ।

नगर प्रमुख बस्नेतले खाद्यान्न सामग्री, लत्ताकपडा, टेन्ट,केहि जिन्सि सामाग्री नगद सहित अग्नि पिडित कान्छाको परिवारलाई हस्तान्तरण गर्नुभएको छ।नगरपालिकाबाट गर्नुपर्ने सहयोग जति सबै गर्ने प्रतिबद्धता सहित धेरैजसो आगो लागी घटनाहरु ग्यास लिकेज र बिद्युत लाईन सर्ट बाट हुने भएको हुंदा त्यसबाट जोगौं र सतर्क अपनाऔं हुन सम्पुर्ण नगरबासीहरुमा नगर प्रमुख बस्नेतले अनुरोध गर्नुभईको छ।
