Breaking
Thu. Oct 22nd, 2026

कांग्रेस सिन्धुपाल्चोक–१ प्रदेश सभा (ख) सभापतिमा फुर्वा ग्याल्बो मोक्तानको उम्मेदवारी

सुनकोशी समाचार

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (ख) को सभापति पदमा फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन) ले उम्मेदवारी प्रस्तुत गरेका छन्।

सुनकोशी गाउँपालिका–५, रतनकोटका निवासी मोक्तान नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तथा पूर्व प्रदेश प्रतिनिधि हुन्। पार्टी संगठनलाई थप व्यवस्थित, समावेशी र जनमुखी बनाउने उद्देश्यसहित आफूले प्रदेश सभा (ख) को सभापति पदमा उम्मेदवारी दिएको उनले बताएका छन्।

मोक्तानले अग्रजको अनुभव र युवाको ऊर्जालाई समेट्दै संगठनलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। क्षेत्रका नेता तथा कार्यकर्ताबीच सहकार्य, समन्वय र आपसी एकतालाई बलियो बनाउँदै पार्टी संगठन र जनसमुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उनको भनाइ छ।

‘अग्रजलाई सम्मान, युवालाई अवसर’ भन्ने मान्यतालाई आत्मसात् गर्दै जिम्मेवार र सक्रिय नेतृत्वमार्फत संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने आफ्नो संकल्प रहेको मोक्तानले बताएका छन्।

उनले प्रदेश सभा (ख) अन्तर्गतका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँगको सहकार्यमा कांग्रेस संगठनलाई अझ गतिशील, समावेशी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई साथ र सपोर्ट गरिदिन अनुरोध समेत गरेका छन्।

फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन)
सभापति पदका उम्मेदवार
नेपाली कांग्रेस, प्रतिनिधि सभा क्षेत्र नं. १, प्रदेश सभा (ख), सिन्धुपाल्चोक

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *