Breaking
Sun. Aug 23rd, 2026

सुनकोशी नदीमा हामफालेर पराजुली दम्पती बेपत्ता, खोजी कार्य तीव्र

सुनकोशी समाचार
काभ्रेपलाञ्चोक, साउन २१ — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। घटनापछि नेपाल प्रहरीले व्यापक खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीले सुनकोशी नदीमा हामफालेको प्रारम्भिक जानकारी प्राप्त भएको हो। घटनापछि दुवै जना बेपत्ता रहेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरबाट पीडित भई अपाङ्गताको अवस्थामा रहेको खुलेको प्रहरीले जनाएको छ। यद्यपि घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यसुहरि अधिकारीको नेतृत्वमा तथा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।
नेपाल प्रहरीले स्थानीयवासी तथा सम्बन्धित निकायसँगको समन्वयमा सुनकोशी नदी क्षेत्रमा बेपत्ता दम्पतीको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *