सुनकोशी समाचार
सिन्धुपाल्चोक, साउन २० — नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताबीच संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्यले “जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रम क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार कार्यक्रममा नेपाली कांग्रेसप्रति आस्था राख्ने नेता, कार्यकर्ता, जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, शुभेच्छुक र कांग्रेसप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रम वि.सं. २०८३ श्रावण २३ गते शनिबार, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–खुर्सानीबारीमा दिउँसो ११:०० बजे आयोजना हुनेछ।
आयोजकले पार्टीका सबै तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ। जिल्लामा पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र सक्रिय बनाउने दिशामा कार्यक्रम फलदायी हुने विश्वास आयोजकको रहेको छ।
सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जिल्ला स्तरीय नेता–कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार, पूर्वमन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथि
