सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
चौतार।।नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका ५ का धुर्बलाल श्रेष्ठ लगायत अन्य खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ, विजय तामाङ, विजय श्रेष्ठ, निभा श्रेष्ठ , माधब वि क र कृन्जल दंगाल तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
ग्रेडिङमा सेतो पेटी तर्फ धुर्बलाल श्रेष्ठ, इश्वर थापा, हरियो पेटी तर्फ प्रान्जल श्रेष्ठ,र ज्वाला तामाङ, डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ ।
सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्य समितिका उपाध्यक्ष, सिनियर प्रशिक्षक, कालो पेटी छैठौं डान , डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले ग्रेडिङ लिइएको थियो ।
मेरो तेक्वान्दो खेल्ने उमेर बितिसक्यो , उमेर ढल्के पछि तेक्वान्दो प्रशिक्षण गर्न सकिदैन भन्नेहरुको लागि पुर्ब शिक्षक, कवि, तथा समाजसेवी ६४ वर्षिय धुर्बलाल श्रेष्ठ आज उदाहरण बनेका छन । ब्यस्तताको बाबुजुत पनि श्रेष्ठ नियमित रुपमा तेक्वान्दो प्रशिक्षणमा सहभागी भइ प्रशिक्षण लिइरहेको कुरा हिराहरी तेक्वान्दो डोजाङ्गका प्रमुख गुरुङले बताउनुभयो । उहाँको आगमनले अन्य खेलाडीहरुमा पनि थप हौसला मिलेको खेलाडीहरु बताउछन् ।
