Breaking
Fri. Mar 6th, 2026

पुर्व मन्त्री बस्नेतले फिर्ता गर्न लगाए तामाङलाई स्वतन्त्र उम्मेदवारी, मलाई भोट नदिनु होला

सुनकोशी समाचार

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट स्वत्रन्त्र उम्मेदवारी दिएका सानु तामाङलाई उम्मेदवारी फिर्ता लिन लगाएका छन् ।

कांग्रेसले टिकट वितरणमा विधान, विधि, पद्धति र प्रक्रिया विपरीत गएर कांग्रेस छाडेको व्यक्तिलाई टिकट दिएपछि तामाङले असन्तुष्टि जनाउँदै सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवार फिर्ता लिएका तामाङले सोमबार प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नं. ९ निवासी म सानु तामाङ नेपाली कांग्रेसको निर्वाचित जिल्ला कार्य समितिको सदस्य, निवर्तमान वडाध्यक्ष हुँ ।

‘पछिल्लो पटक पनि मलाई क्षेत्रीय कार्य समितिले वडाध्यक्षको टिकट दिएको थियो।
तामाङले भने, मेरो वडाको अर्को एक साथी टिकट नपाएर एमालेबाट चुनाव लड्न तयार भएपछि मैले आफूले पाएको टिकट उक्त साथीलाई दिएर पार्टी छोड्नबाट रोकेको थिएँ ।

‘उहाँलाई मैले सक्य भएर चुनाव जिताउन लागे । जित्नु पनि भयो । त्यति मात्र होइन एमालेका सकृय कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेस पनि गराएँ,’ तामाङले भने, ‘मेरो वडा गा.वि.स. हुँदा कांग्रेस चौथो स्थानमा थियो । म लागेपछि हाल मेरो वडामा विपक्षीहरू भेट्न पनि गाह्रो भैसक्यो ।

अब रह्यो फाल्गुण २१ गतेको प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा एकातिर नेपाली कांग्रेस केन्द्रीय समितिले तयार गरेको टिकट बाँढ्ने आधार विपरित क्षेत्रीय कार्यसमिति, वडा सभापतिहरू, पालिका सभापतिहरू, प्रदेश सभापतिहरू, सांसदहरू, वडाध्यक्षहरू, पालिका प्रमुख/उपप्रमुखहरू, महाधिवेशन प्रतिनिधिहरू, महासमितिका सदस्यहरू, जिल्ला समितिका अल्पमतको सभापति बाहेक सम्पूर्ण पदाधिकारीहरू र ठूलो संख्यामा पार्टीका नेताहरूले लिखित रुपमा सर्वसम्मतिबाट एकल उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई टिकट नदिएर टिकट सिफारिस गर्ने आधिकारिक समितिले नाम सिफारिस नै नगरेको व्यक्ति र अल्पमतको कारण वषौंदेखि जिल्ला कार्य समितिको बैठक नै राख्न नसकेको केन्द्रीय कार्य समितिले दिएका कार्यक्रमहरू एउटै गर्न नसकेको व्यक्ति जंगबहादुर लामालाई केवल विशेष महाधिवेशनमा गगन थापाजीलाई सहयोग गरेको कारण टिकट दिएको हुनाले र विगतका निर्वाचनहरूमा (प्रतिनिधी सभा), कांग्रेसको उम्मेदवारहरूलाई उहाँले सहयोग नगरेको सुनेका, जुगल गाउँपालिकाको निर्वाचनमा पार्टीको तर्फबाट जयबहादुर लामालाई अध्यक्षको उम्मेदवार बनाउँदा जंगबहादुर लामाजीले (आफ्नै पालिकामा) निजलाई हराउँन सकृय भूमिका खेल्दा थोरै भोटले पराजित हुनु भएको भन्ने सुनेको निज व्यक्ति कांग्रेसले चुनाव हराएपछि पार्टी छोडेको बुभिएको छु ।’

‘तसर्थ पार्टी यस्ता गतिविधिले कमजोर हुँदै जाने पक्का छभन्ने लागेर आगमी दिनहरूमा यस्ता गतिविधी नहोस् भनेर मैले पार्टीलाई सच्याएर बलियो बनाउँने सोंचले स्वतन्त्र उम्मेदवारी दिएको हुँ,’ तामाङले भनेका छन् ।

तामाङले भने, ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, क्षेत्रीय सभापति एवं बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत लगायत पार्टीका धेरै नेता र जिम्मेवार व्यक्तिहरूले मेरो उम्मेदवारीलाई निस्क्रिय बनाएर फिर्ता गरेको घोषणा गर्न आग्रह गरेको र मलाई पनि आफ्नो उम्मेदवारीको कारण पार्टीको उम्मेदवार नहारोस् भन्ने लागेर उम्मेदवारी विधिवत रुपमा फिर्ता गर्ने समय नरहेको भएता पनि मेरो चिन्हमा कसैले पनि मत नहाल्न मतदाताज्यूहरूलाई अनुरोध गर्दै पार्टीका उम्मेदवारहरूलाई सघाउने समेत अपील गर्न चाहान्छु ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेतले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जिताउनु पर्ने र स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि तामाङले उम्मेदवारी फिर्ता लिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *