Breaking
Tue. Feb 10th, 2026

एनआरएन अष्ट्रेलियाका सचिव खड्काद्वारा भुमेश्वरी विद्यालयलाई भ्रमण, अक्षय कोषमा उल्लेखनीय सहयोग

सुनकोशी समाचार
कुमार बस्नेत(अधिराज )
सुनकोशी,सुनकोशी गाउँपालिका–५, सुनखानी स्थित भुमेश्वरी मा.वी क्षेत्रका उत्पादन तथा समाजसेवामा मनका धनी व्यक्तित्व, आदरणीय रत्नबहादुर खड्काका कान्छा सुपुत्र तथा अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै न्यायालयजस्तो गरिमामय क्षेत्रमा वकिलको रूपमा कार्यरत एनआरएन अष्ट्रेलियाका सचिव कल्याण खड्काले आफ्नो अध्ययनकालीन विद्यालयको भ्रमण तथा अवलोकन गर्नुभएको छ।
विद्यालयका एक सफल पूर्व विद्यार्थीसमेत रहनुभएका खड्काको आगमनले विद्यालय परिवार हर्षित भएको छ। विद्यालय व्यवस्थापन समितिले एक प्रेरणादायी पूर्व विद्यार्थीलाई स्वागत गर्न पाउँदा आफूहरू भाग्यमानी भएको अनुभूति व्यक्त गरेको छ।
भ्रमणका क्रममा खड्काले विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहन, अनुशासन र निरन्तर परिश्रमको महत्वबारे प्रेरणादायी सन्देश दिनुभएको थियो। साथै उहाँले गुरुजनहरूप्रति सम्मान व्यक्त गर्दै विद्यालयको शैक्षिक उन्नयनका लागि निरन्तर साथ रहने प्रतिबद्धता जनाउनुभएको छ।
खड्काले विद्यालयको अक्षय कोषमा थप १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। त्यसैगरी विद्यार्थीहरूको शैक्षिक भ्रमणका लागि १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने तथा विद्यालयलाई आवश्यक पर्ने विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्ने उहाँको घोषणाले विद्यालय समुदायमा उत्साह थपिएको छ।
विद्यालय परिवारले शिक्षा, विद्यार्थी र समाजप्रति देखाउनुभएको उदारता, प्रेरणा र प्रतिबद्धताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
खड्काको यो योगदानले विदेशमा रहेर पनि मातृभूमिको शिक्षा क्षेत्रमा लगानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको विद्यालय प्रशासनले जनाएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *