Breaking
Tue. Feb 10th, 2026

राष्ट्रिय मानव अधिकार एलायन्स मेलम्चीको दोस्रो नगर अधिवेशन सम्पन्न अध्यक्षमा बानियाँ

सुनकोशी समाचार
चण्डीका नेपालि

मेलम्ची पौष २५” राष्ट्रिय मानव अधिकार एलायन्स, मेलम्ची नगर कमिटीको दोस्रो नगर अधिवेशन मेलम्चीमा सम्पन्न भएको छ । मानव अधिकार एलायन्सका केन्द्रीय सचिव मधुसूदन सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिव मधुसूदन सापकोटा, विशेष अतिथि एमाले नेता शेेर ब. तामाङ, , डोल्मा लामा , सुवाष कर्मचार्य , हस्त पण्डित, जनप्रतिनिधि लगाएत उपस्थित रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि सापकोटाले कार्यक्रममा मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा संगठन सुदृढीकरणका विषयमा बताउनुभएको छ ।

अधिवेशनकै अवसरमा नेकपा एमाले सिन्धुपाल्चोकबाट निर्वाचित केन्द्रीय सदस्यहरू शेेर ब. तामाङ, डोल्मा लामा , सुवास कर्मचार्य , हस्त पण्डित र प्रदेश सचिव बालकृृष्ण देउजा लाई बधाई तथा सम्मान समेत गरिएको छ ।
मानव अधिकार एलायन्सका मेलम्ची नगर कमिटी रुद्र प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा
सुवास बानियाँको अध्यक्षतामा १७ जनाको नयाँ समिति गठन भएको छ ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *