Breaking
Tue. Feb 10th, 2026

राष्ट्रिय दलित पत्रकार संघ बागमती प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न

सुनकोशी समाचार
चण्डिका नेपालि

काठमाडौं ,राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बागमती प्रदेश समितिको प्रथम अधिवेशन तथा “परिवर्तित राजनीतिक परिस्थिति र नेपाली दलित आन्दोलनको दिशा” विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
कमल कुमार विश्व कर्मा को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका बागमती प्रदेशको मुख्य मन्त्री इन्द्र बानियाँले राजनिती वा पत्रकार जुन सुकै होस् पत्रकार अघि बढ्न   स्वतन्त्रता  राजनीति चााहिने बताउनुभयो । साथै उहाले दलितलाई अगाडि बढाउन, नया नेतृृत्ववमा ल्याउन बागमती प्रदेश सधैं साथमा रहेको बताउदै दलितको हकहितका लागि के गर्न सकिन्छ आफुुले  सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशको मुख्य मन्त्री इन्द्र बानियाँ, विशेष अतिथि राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्ष विनोद पहाडी, सभाध्यक्ष कमल कुमार विश्व कर्मा लगाएत विभिन्न जिल्लाबाट आएका दलित पत्रकारहरुको उपस्थिति रहेको थियो।

अधिवेशनमा बागमती प्रदेशभित्र कार्यरत दलित पत्रकारहरूको संगठन सुदृढीकरण, क्षमता अभिवृद्धि तथा समावेशी सञ्चार अभ्यासका विषयमा छलफल गरिएको थियो।
साथै, बदलिँदो राजनीतिक परिवेशमा दलित समुदायको हक–अधिकार स्थापित गर्न सञ्चार माध्यमले खेल्नुपर्ने भूमिकामा विशेष जोड दिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले दलित समुदाय अझै पनि सामाजिक, आर्थिक र राजनीतिक रूपमा पछाडि पारिँदै आएको उल्लेख गर्दै दलित आन्दोलनलाई सशक्त बनाउन पत्रकारिताको भूमिका  हुने बताएका  छन ।

कमल कुमार विश्व कर्मा को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम बसन्त परियारले सञ्चालन गर्नुभएको थियो ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *