Breaking
Tue. Feb 10th, 2026

मेलम्चीमा महिला सञ्जाल गठन

सुनकोशी समाचार
चण्डिका नेपाली

मेलम्ची नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज अन्तिम दिन नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ । सञ्चमाया तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।
नगर उप प्रमुख उमा प्रधानले लैङ्गिक हिंसा रोकथाम, पीडित सहयोग र सशक्तिकरणका उपायहरूबारे जानकारी दिदै नवगठित सञ्जालले नगरभर लैङ्गिक हिंसा न्यूनीकरणका लागि समन्वय गर्नु पर्ने बताउनुभयो । साथै उहाले मेलम्ची नगरपालिकाले आगामी दिनमा सञ्जाललाई आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष सञ्चमाया तामाङ, सचिव चण्डिका नेपाली, कोषाध्यक्ष गोमा ढकाल, सदस्यहरु अपेक्षा ढकाल, सुनिता तामाङ, सरिता चाैलागाई, कल्पाना रोक्का, सम्झना गिरी, सरिता चालिसे, तोकमाया तामाङ, लक्ष्मी अर्याल, गंगा चुवान, रेनुका पुरी, कल्पना पहरि लगाएतको समिति गठन गरिएको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, कार्यपालिका सदस्य, वडा महिला सदस्य, वडा महिला सञ्जाल र वडाले छनोट गरि पठाएको महिलाहरू लगायतको उपस्थिति रहेको थियो ।

महिला, बालबालिका तथा समावेशीकरण शाखाको प्रमुख
राजेन्द्र दुलालले सञ्चालन गर्नभएको कार्यक्रममा नगर उप प्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *