सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
सुनकोशी (सिन्धुपाल्चोक), पाटिडाँडा, सुनकोशी गाउँपालिका–६ निवासी नव गायक सरोज के.सीले आफ्नो नयाँ काँठे लोकभाका ‘पाक्धुङ–पाक्धुङ बजारमा’ सार्वजनिक गरेका छन्।
गीतमा शब्द र सङ्गीत स्वयं गायक सरोज के.सीकै रहेको छ भने स्वर सरोज के.सी र समीक्षा अधिकारीले दिएका छन्। यस गीतमा मोडलका रूपमा गायक स्वयम् सरोज के.सी र अस्मिता राई फिचर्ड छन्।
सिन्धुपाल्चोक क्षेत्रको लोक संस्कृतिको स्वाद समेटिएको यो गीतले गाउँ–बस्तीको सौन्दर्य, प्रेम र स्थानीय जीवनशैलीलाई चित्रण गरेको बताइन्छ। भिडियोमा स्थानीय दृश्य र परम्परागत पहिरनले आकर्षण थपेको छ।
गीतलाई ‘Saroj Gitange’ युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको छ। गायक के.सीले आफ्ना दर्शक–श्रोतालाई गीत हेर्न र सुन्न अनुरोध गर्दै स्थानीय कला र संस्कृतिप्रतिको माया बढाइदिन आग्रह गरेका छन्।
सङ्गीतप्रेमीहरूका अनुसार नव गायक सरोज के.सीको यो प्रस्तुति काँठे लोकभाकाको संरक्षण र प्रवर्द्धनतर्फको उल्लेखनीय प्रयासको रूपमा हेरिएको छ।
