Breaking
Mon. Nov 10th, 2025

बाह्रबिसे नगरपालिकाले जापान सरकारबाट दमकल प्राप्त गर्‍यो

सुनकोशी समाचार
बाह्रबिसे — बाह्रबिसे नगरपालिकाले आगलागी नियन्त्रणका लागि अत्यावश्यक बारुण यन्त्र (दमकल) प्राप्त गरेको छ। जापान सरकारको सहयोगमा “भोलन्टर क्रस नेपाल” मार्फत यो दमकल नगरपालिकाले प्राप्त गरेको हो।

नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार जापान सरकारले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा दमकल उपलब्ध गराएको हो। उनले आगलागी नियन्त्रणका लागि क्षेत्र नम्बर १ मा दमकल अत्यावश्यक रहेको उल्लेख गर्दै यो उपकरणले स्थानीय तहमा विपद् व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

पूर्वमन्त्री बस्नेतले विकासप्रेमी नेताको रूपमा सिन्धुपाल्चोकमा चिनिँदै आएका छन्। उनले आफ्नो क्षेत्रमा बारम्बार हुने आगलागीजन्य घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न दमकल आवश्यक रहेको महसुस गर्दै जापान सरकारसँग समन्वय गरी सहयोग जुटाएका हुन्।

यो दमकल सञ्चालनमा आएपछि भोटेकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोशी, बलेफी लगायतका नजिकका स्थानीय तहहरूले समेत प्रत्यक्ष लाभ पाउने मेयर बस्नेतले बताए।

वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारीका अनुसार दमकल निकट भविष्यमै औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिनेछ। आगलागी नियन्त्रणका लागि भरपर्दो माध्यमका रूपमा रहेको यो दमकल आवश्यकता अनुसार सम्पूर्ण क्षेत्र नम्बर १ मा सञ्चालन गरिने उनले जानकारी दिए।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *