सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज)
सुनकोशी, — नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र तथा सुनकोशी जलविद्युत केन्द्रमा कार्यरत ८० जना कर्मचारीलाई मंगलबार सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ।
उक्त प्रशिक्षण जिल्ला ट्राफिक कार्यालय अँधेरीका प्रमुख प्रहरी वरिस्ठ नायव निरीक्षक (प्र.व.ना.नि) बिष्णु थापाको नेतृत्वमा सम्पन्न भएको हो।
प्रशिक्षणमा सडकमा काम गर्दा तथा सवारी सञ्चालनको क्रममा अपनाउनुपर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय, ट्राफिक नियमहरूको पालना, र आकस्मिक परिस्थितिमा सुरक्षित प्रतिक्रिया दिने विधि लगायतका विषयहरू समेटिएका थिए।
प्रमुख थापाले प्रशिक्षणमार्फत कर्मचारीहरूलाई कार्यस्थल मात्र होइन, दैनिक जीवनमा पनि सडक सुरक्षा सचेतना अनिवार्य रहेको बताउँदै, सुरक्षा संस्कृति विकास गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकले यस अघि पनि जिल्लका विभिन्न संघ संस्था विद्यालयहरूमा यस्ता सुरक्षा सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
