Breaking
Fri. Mar 6th, 2026

कोदारीस्थित ईकुमा भीषण पहिरो: अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध, नेपाल–चीन व्यापार प्रभावित

कुमार बस्नेत(अधिराज)
सुनकोशी समाचार

सिन्धुपाल्चोक, साउन १८ –
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अन्तर्गत ईकु पहिरो आसपास क्षेत्रमा आइतबार बिहान ठूलो पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबारदेखि जारी निरन्तर वर्षाका कारण आइतबार बिहान करिब ५:२० बजे माथिबाट आएको ठूलो परिमाणको पहिरोले सडक पूरै ढाकेको छ। यस कारण दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जनाइएको छ।
उक्त पहिरो शनिवार खुलायर मालवाहक सबारि समेत आउने जाने गराएको थियो।
प्रहरीले जानकारी दिएअनुसार सडक सुचारु बनाउन सडक विभाग, स्थानीय तह र सुरक्षाकर्मीहरूको सहकार्यमा पहिरो हटाउने काम तीव्र गतिमा अघि बढाइँदै छ। तर, वर्षा अझै जारी रहेकाले काममा कठिनाइ भइरहेको बताइएको छ।

अरनिको राजमार्ग चीनसँग जोडिने प्रमुख अन्तर्राष्ट्रिय नाका कोदारीतर्फ जाने मुख्य मार्ग भएकाले यस सडक अवरुद्ध हुँदा नेपाल–चीन व्यापार, सामग्री आपूर्ति र यात्रु आवागमनमा प्रत्यक्ष असर परेको छ।

स्थानीयवासी तथा व्यवसायीहरू चिन्तित बनेका छन् भने लामो दूरीका यात्रीहरू बाटोमै रोकिएका छन्।
प्रशासनले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *