Breaking
Mon. Nov 10th, 2025

रतनकोटमा विश्व शान्तिका लागि त्रिपिटक पाठसहित ९ दिने महापूजा सम्पन्न

सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज)

सुनकोशी- असार ६ – सुनकोशी गाउँपालिका–५, रतनकोटमा ब्रह्माण्डका सम्पूर्ण प्राणी जगतको कल्याण तथा विश्व शान्तिको कामनासहित आयोजना गरिएको ९ दिने त्रिपिटक पाठसहितको महाशान्ति पूजा सफलतापूर्वक सम्पन्न गरिएको छ।

गुरु रिन्पोछे निर्माण तथा संरक्षण समितिका प्रमुख सल्लाहकार, धर्मप्रेमी युवा व्यवसायी तथा समाजसेवी कर्म लामा र गुरु रिन्पोछे संरक्षण समितिको समन्वयमा यहि वर्षको सागा दावा को पावन अवसर पारेर बुद्ध वचन १०८ ठेली कांग्युर ग्रन्थ पाठ तथा प्रज्ञापारमिता विश्व शान्ति पूजा आयोजना गरिएको हो।

श्रद्धेय धर्मगुरुहरुको सानिध्यमा २०८२ साल जेठ २८ गतेबाट सुरु भई ९ दिनसम्म ३१ जना लामा गुरुहरूले त्रिपिटक पाठ वाचन गरेका थिए। अन्तिम दिन क्ष्योइखोर (लामा पुस्तक परिक्रमा) सहित गाउँ परिक्रमा गरिँदै महापूजाको समापन गरिएको हो।

समापन समारोहमा गाउँका धर्म प्रेमी, स्थानीयवासी तथा सैयौं श्रद्धालुहरूको बाक्लो उपस्थिति थियो। गाउँ परिक्रमा, बाजागाजासहितको समापन कार्यक्रम र बुद्धवचन पाठले समग्र रतनकोट क्षेत्रलाई धार्मिक ऊर्जा र शान्तिको अनुभूति दिलाएको सहभागीहरू बताउँछन्।

कार्यक्रमका सदस्य प्रेम लामाका अनुसार आषाढ ६ गते शुक्रबार आयोजित समापन कार्यक्रममा विशेष धार्मिक विधिअनुसार गुरुहरूबाट आशीर्वाद प्रदान गरिएको थियो। उहाँले यस्तो कार्यक्रमले धार्मिक चेतना, समुदायबीचको एकता र विश्व शान्तिका लागि सकारात्मक सन्देश दिएको बताउनुभयो।

स्थानीय स्तरमै यति ठूलो धार्मिक ग्रन्थ पाठ र पूजा आयोजना हुनु र त्यसमा नयाँ पुस्ताको सक्रिय संलग्नता हुनु आफैमा उदाहरणीय मानिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *