सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक – कुकिवन कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका प्रेम भण्डारीले पावर ब्रेकिङ्गतर्फ तेस्रो स्थान हासिल गर्दै जिल्लाको गौरव बढाउनु भएको छ। देशैभरिका प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गर्दै उहाँले सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्नु भएको हो।
बलेफी गाउँपालिका–३ मा जन्मिनुभएको भण्डारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी मात्र नभई एक सक्षम प्रशिक्षकसमेत हुन्। २०४७ सालदेखि तेक्वान्दो खेलमा सक्रिय रहँदै, २०५४ सालमा यो खेल सिन्धुपाल्चोक जिल्लामा भित्र्याएर दर्जनौं खेलाडी उत्पादन समेत गर्नु भएको छ। उहाँको योगदानले जिल्लाका थुप्रै खेलाडीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका छन्।
उहाँको निडरता, स्वाभिमान र खेलप्रतिको समर्पण भाव आजका युवाका लागि प्रेरणाको स्रोत बनेको छ।
