सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
खाडिचौर । श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा तथा पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थाको भावी कार्यदिशा तय गरेको जनाएको छ।
अधिवेशनबाट देवकी तिमल्सिना अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा लालबहादुर राउत, सचिवमा बिदुर खड्का तथा कोषाध्यक्षमा रामचन्द्र सुवेदी चयन हुनुभएको छ। सदस्यहरूमा दुर्गा नेपाल, सबिना श्रेष्ठ र रुपक पराजुली निर्वाचित भएका छन्
।
त्यस्तै लेखा समिति संयोजकमा नारायणकाजी श्रेष्ठ चयन हुनुभएको छ भने सदस्यहरूमा बुद्धिप्रसाद पराजुली र तारा पराजुली रहनुभएको संस्थाले जनाएको छ।
कार्यक्रममा जिल्ला साना किसान कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, साना किसान कृषि सहकारी संघ बागमती प्रदेश सदस्य कृष्ण सुवेदी, बलेफी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष तेजबहादुर पराजुली, बलेफी–८ का पूर्व वडा अध्यक्ष चरिबहादुर तामाङ लगायत विभिन्न जनप्रतिनिधि, सहकारीकर्मी तथा स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतलाई सम्मानसमेत गरिएको थियो।

प्रमुख अतिथि चौलागाईंले साना किसान कृषि सहकारी संस्थाहरूले किसानको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले सहुलियतपूर्ण ऋण उपलब्ध गराई किसानलाई उत्पादनमुखी बनाउन तथा उत्पादित वस्तुको प्रभावकारी बजार व्यवस्थापन गर्न सहकारी संस्थाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको समापनमा आयोजक संस्थाले अतिथि तथा सहभागीहरूलाई मायाको चिनो प्रदान गरेको थियो।

