Breaking
Mon. Nov 10th, 2025

शिक्षकका माग सम्बोधन गर्न काँग्रेस सभापति देउवाको पहल

सुनकोशी समाचार

काठमाडौं – प्रमुख सत्ता रुढ नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे पार्टीको आधाकारिक धारणा बनाउन छलफल थालेको छ।

अधिकांश कांग्रेस पदाधिकारी र पार्टीको शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको छ।

शिक्षा विभाग प्रमुख महरले पार्टीले दिएको जिम्मेवारी पूरा आफूहरू सक्रिय रहेको बताए। उनले हिमालप्रेससँग भने, ‘विधेयकका बुँदामा सहमति जुटाउन र समन्वय गन लागिपरेका छौँ। पार्टी र संसदीय दलबीच पनि समन्वय भइरहेको छ। चाँडै एउटा धारणा बनाउनेछौँ।’

महरले भने, ‘सभापतिज्यूले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग कुरा गर्नुभएको छ। साथै पार्टी सभापतिले प्रधानमन्त्रीसँग  माग सम्बोधनबारे गहन विमर्श हुने बताउनुभएको छ।’

विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको माग सुनुवाइका कांग्रेसले पहलकदमी गरिरहेको पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए।

उनले शिक्षकका माग सम्बोधन गरी विधेयक चाँडो पारित गर्नका लागि सरोकारवाला पक्षसँग आवश्यक समन्वयका लागि शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिइएको जानकारी दिए। ‘उहाँहरूले द्रूत गतिमा विमर्शका माध्यमबाट तयार पारेको धारणालाई पार्टीले विचारविमर्श गरेर मूर्तता दिनेछ र त्यो नै पार्टीको आधिकारिक धारणा हुनेछ पौडेलले भने।

पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पनि शिक्षकका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका छन्। देउवाले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघ अध्यक्ष सोमनाथ गिरी र पार्टीका केही पदाधिकारीहरूलाई निवासमै बोलाएर छलफल गरेका थिए।

पार्टी सभापति देउवाले १ वैशाखमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर शिक्षकका माग सम्बोधनमा सक्रिय हुन निर्देशन दिएका थिए।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *