सुनकोशी समाचार
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले फुटबल प्रतियोगिताको उद्घाटन गर्नु भएको छ।
बिहीबार सिन्धुपाल्चोकको लामोसाँघु, बसन्तपुर खेलमैदानमा पुर्व मन्त्री बस्नेतले फुटबल प्रतियोगिताको उद्घाटन गर्नु भएको हो। उहाँले खेलाडीहरूलाई शुभकामना समेत, दिनु भएको छ।
बलेफी गाउँपालिका वडा नं. ८ द्वारा आयोजित वडाध्यक्ष यू–१३ फुटबल प्रतियोगिता चैत २८ गते बिहिबार सुरू भएको खेल चैत ३० गते शनिबार फाईनल खेल हुनेछ उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला भरिका ९ टिमले भाग लियको वलेफि गाँउपालिका वडा न ८ का अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भयो।
