सुनकोशी समाचार
चौतारा पौष,७ गते शनिबार।।सिन्धुपाल्चोक जिल्ला चौतारा स्थित हिराहरी तेक्वान्दो डोजाङ्गले आयो जना गरेको प्रथम हिराहरी जिल्ला स्तरीय प्रतियोगितामा सेतीदेबि तेक्वान्दो डोजाङ्ग सुनकोशी टिम दोस्रो भएको छ।
सिन्धुपाल्चोक जिल्ला भरीका १० टिमले भाग लियको उक्त प्रतियोगितामा सेतिदेविका रागभ सेनचुरी,शिशिर थामिले गोल्ड, अबिशेक बस्नेत,निसान लामा,बुद्ध लामा, सनिस्का बोहोरा,सोनि लामाले रजत र रोसना कार्किले कास्य पदक विजेता भएको सेतिदेवि का कोच माधव बि.कले बताउनु भयो।
उक्त प्रतियोगितामा ८ सोर्ण,२ रजत,३ कास्य सहित १३ पदक सहित हिराहरी तेक्वान्दो डोजाङ्ग पहिलो भएको थियो भने २ सोर्ण १ रजत,४ कास्य सहित जुगल टिम तेस्रो भएको छ।
२० के.जि देखि ६२ के.जि सम्म तौल समुहको क्ररोगी,पुम्से बिधामा पौष ६ र ७ गते खेल भएको थियो।उत्कृष्ट खेलाडी महिला तर्फ सरिता तामाङ र पुरूष तर्फ युसुव पहरीले पाएका थिए।।
