सुनकोशी समाचार
पैष ५ गते सिन्धुपाल्चोक।।हिराहरी तेक्वान्दो डोजाङ्ग चौताराले आयोजनामा पौष ६ र ७ गते हुने प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सुनकोशी गाँउपालिका वडा न ७ का अध्यक्ष ईश्वर तिमल्सिनाले बिधाई गर्नु भएको छ।
सेतिदेबि तेक्वान्दो डोजाङ्गबाट सुनकोशीको प्रतिनिधित्व गरि प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूको टिम कोच माधव बि.क र टिम मेनेजर कुमार बस्नेतले नेत्रित्व गरि २० के.जि देखि ६२ के.जि समूह अन्तरगतका २४ खेलाडीले भाग लियका छन्।
पौष ६ र ७ गते चौतारा स्थित रत्न गंगा मा.बि मा हुनेछ।दुई दिन सम्म हुने प्रतियोगितामा जिल्ला भरिका दश टिमले भाग लिएका छन्।
