सुनकोशी समाचार
सुनकोशी,सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा न ५ रतनकोट स्थित रहेको रतनकोट आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सुनकोशी ५ निवासी नेपाली काँग्रेस महासमिति सदस्य प्रेम लामाले आफ्नो ब्यक्तिगत खर्चमा आज एक कार्यक्रम गरि वितरण गर्नु भएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष स्याम कुमार लामाले गर्नु भएको थियो।कार्यक्रममा सुनकोसी ५ का वडा सदस्य पासाङ लामा,सुनकोसी ५ नेपाली काँग्रेसका सभापति कुमार बस्नेत ,विद्यालयका प्र.ह बाबुकाजि लामा,बेलजियम नागरीक सन्द्रा डि भोस , शिक्षक,अबिभावक,लगमएत सम्पूर्ण स्थानीयहरूको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
समाजसेवी लामाले विद्यालयका बिद्यार्थी र शिक्षकलाई टिसर्ट,जुत्ता र ट्राक सुट सेट बितरण गर्नु भएको हो।उक्त ट्रयाक सुट बितरण सँगै विद्यालयमा अक्षकोष खडा गरेर अगाडि बढाउने ५० हजार नगत समेत अक्षेकोषमा जम्मा गरिदिने घोषणा गर्नुभयो।
अभिभावकको अङ्ग्रेजी माध्यमबाट पढाउन माग छ।विद्यालयलाई सरकारले शुल्क नलिनु भनेका छन् ।किताब किन्न समस्या भयो।कितव भए पढाउने छौ भने पछि काँग्रेस सभापति बस्नेले १ देखि ५ सम्मका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका किताहरू सहयोग गर्ने वचन दिनु भयो।
बेल्जियम नगरिक सन्द्रा डि भोसले विद्यालयमा मा टेवल टेनिस कोड बनाउन ४०,००० नगद सहयोग गर्नु भएको छ।उहाँ नेपालका अपांग बालबालिकालाई सहयोग गर्दै आउनु भएको छ।
कार्यक्रममा प्र .ह लामाले सबैको साथ सहयोग पाएकोमा धन्यवाद दिनुहुदै आउदा दिनहरूमा पनि यस्ता सहयोगले शिक्षामा साना बालबालिकालाई सहयोग पुग्ने बताउनु भयो।
कार्यक्रमको समापन गर्दै ब्यवस्थापन समितिका अध्यक्ष लामाले सबै सहयोगीलाई धन्यवाद दिदै मेरो कार्यकालमा देश तथा बिदेशबाट सहयोग उठाए रै भए पनि विद्यालयलाई अघि बढाउने बताउनु भयो।
