Breaking
Wed. Dec 10th, 2025

बाह्रबिसे घुम्थाङमा दिउँसै लुटपाटपछि वृद्वाको हत्या

सुनकोशी समाचार

बाह्रबिसे —सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७, घुम्थाङ खनियाबासमा अज्ञात समूहद्वारा लुटपाटपछि एक वृद्वाको हत्या भएको छ । घटनापछि स्थानीयबासी त्रसित बनेका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेकाअनुसार शुक्रबार दिउँसो तिलहरी र नगद लुटेर स्थानीय ७१ वर्षीया रत्न कुमारी थापाको हत्या भएको छ । कसले लुटपाट र हत्या गरेको भन्ने पहिचान भइसकेको छैन ।

घटना भएलगत्तै गाँउमा पुगेका बाह्रबिसेका प्रहरी निरीक्षक देवन्द्रराज जोशीले मृतक थापाको शरीरमा कुनै चोटपटक नदेखिएको, तर हत्या भएको बताउनु भयो । ‘तिलहरी र केही नगद चोर्ने क्रममा हत्या भएको देखिन्छ कति सामाग्री चोरी भयो भनेर यकिन भइसकेको छैन उहाँले भन्नु भयो प्रहरीले अनुसन्धान थालेको छ।

छिमेकीकाअनुसार थापा घरमा एक्लै बस्थिन् । शुक्रबार एक्कासी यो घटना घटेपछि सिंगो गाउँ यही घटना दोहोरिने त्रासमा परेको छ । जिल्ला प्रहरीको बिशेष अनुसन्धान टोलीसहित तालिमप्राप्त दुई कुकुर घटनास्थलमा खटाइएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकेको र गाउँमा शान्ति सुरक्षाको अनुभूति गराउन प्रयास गरिरहेको प्रहरी निरीक्षक जोशीले बताउनु भयो ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *