Breaking
Wed. Dec 10th, 2025

सुनकोशी ५ बर्थानमा बर्रदानेश्वर महादेव मन्दिर निर्माणका लागि महायज्ञको आयोजना

सुनकोशी समाचार

चैत्र ११ आईतवार ।।सुनकोशी÷बर्दानेश्वर महादेव संरक्षण समिति , सुनकोशी ५, बर्थान मुल आयोजक समितिद्वारा बर्दानेश्वर महादेव मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ आयोजना गरिएको छ ।

चैत्र १७ गतेदेखि २२५ गतेसम्म हुने महायज्ञको बारेमा जानकारी दिदै समारोहको मुल आयोजक समितिका संयोजक एवं संरक्षण समितिका अध्यक्ष कुमार बस्नेतले ऐतिहासिक मन्दिरको निर्माण गर्ने पुण्य कार्यमा सहभागि भई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

‘परापूर्वकालदेखि संरक्षण हुँदै आएको बर्दानेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप पहलकदमी गरिएको हो–अध्यक्ष बस्नेतले भन्नू भयो बर्दानेश्वर महादेव मन्दिर निर्माणार्थ नेपालका प्रखर युवा वाचक पण्डित श्री रामचन्द्र तिमल्सिना ज्यु र १०८ भागवतका अभियानकर्ता पण्डित श्री हरिचन्द्र तिमल्सिना ज्यु कोमुखारबिन्दबाट साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूबाट देबलिला झाँक्रीनाचको साथमा यहि मिति २०८० चैत्र १७ गते देखि चैत्र २५ गते सम्म आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा तन, मन र धनले सहयोग गर्दै पुण्य आर्जन गर्न सम्पूर्णमा हार्दिक आह्वान गर्दछौं ।


श्रीमद् भागवत महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न गर्न बर्दानेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष कुमार बस्नेतको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । सुनकोशी ५, सुनखानि, क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि बर्दानेश्वर महादेवको मन्दिर निर्माण गर्न लागिएको हो ।

कार्यक्रम अनुसार २०८० चैत्र १७ गते विहान कलशयात्रा, दिउँसो महायज्ञ समुद्घाटन समारोह, मण्डप पूजन गरिने छ भने १८ गते देखि २५ गतेसम्म सङ्गीतमय कथा प्रवचन गरिनेछ । त्यस्तै चैत्र २४ गते साँझ सवा १ लाख दीप प्रज्वलन गरी २५ गते तील चढाउने, महापूर्णाहुति, तिलक,प्रसाद वितरण, महाअभिषेक, यज्ञ समापन गरिने छ । महायज्ञमा सहयोग गर्नेहरुलाई विभिन्न प्रकारका सम्मान गरिने छ ।साथै

सहयोग गर्न चाहानु हुनेले लक्ष्मी सनराइज बैंक खाडिचौर शाखामा रहेको बर्दनेश्वर महादेव मन्दिर संरक्षण समितिको नाममा रहेको चल्ति खाता
(Bardaneswor Mahadev Mandir Samrakshyan Sanstha
AC no.1821443715011168 )बाट सहयोग गरी पुण्य कमाउनु हुन पनि हार्दिक अनुरोध गर्नेछौं ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *