Breaking
Sat. Mar 14th, 2026

मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ भवनमा बस्दै

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुननिर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् भने अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ। सहरी विकासमन्त्री सीता गुरूङका अनुसार प्रधानमन्त्री दाहालले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिइन्।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पूरानो भवनको मुल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *