Breaking
Wed. Mar 11th, 2026

उपत्यकामा बसोबास गर्ने सुनखानी बासीका लागि वडाको सेवा शिविर सुरु,५० भन्दा बढीले पाए सेवा

सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )

भक्तपुर — सुनकोशी गाउँपालिका–५ सुनखानीका काठमाण्डौ उपत्यकामा बसोबास गर्ने नागरिकको सहजताका लागि वडा कार्यालयले भक्तपुरमा विशेष मोबाइल सेवा शिविर सञ्चालन गरेको छ। बिहीबारबाट सुरु भएको शिविरमा पहिलो दिनमै ५० भन्दा बढीले विभिन्न सेवा प्राप्त गरेका छन्।

वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणसहित सम्पूर्ण प्रशासनिक कार्यहरू शिविरमार्फत सहज रूपमा प्रदान गरिएका छन्। सेवा २०८२ साल फागुन २९ गतेदेखि सुरु भई ३० गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने वडा अध्यक्ष जाल बहादुर लामाले जानकारी दिनुभयो।

शिविर भक्तपुरको सूर्यविनायक चोकबाट गणेशस्थान मन्दिर जाने बाटोमा करिब २०० मिटर दूरीमा रहेको खजुरी पसल घरमा सञ्चालन भएको हो। अध्यक्ष लामाका अनुसार उपत्यकामा रहेका सेवाग्राहीका लागि यस्तो मोबाइल सेवा शिविरले समय, खर्च र श्रम बचत भएको छ।

वडा सचिव किरण खड्काले सेवाग्राहीले आवश्यक कागजातसहित उपस्थित भएकाले कामकाजमा सहजता भएको बताउँदै,पहिलो दिनमै ५० भन्दा बढीले सेवा लिएको बतानु भयो।

सेवा ग्राहीको अनुभव
भक्तपुरमा बसोबास गर्ने सुनखानीका ७८ वर्षीया कृष्ण बहादुर भण्डारीले भन्नु भयो पहिले यस्ता कामका लागि गाउँ जानुपर्थ्यो, जसले समय र खर्च दुवै लाग्थ्यो। अहिले घर नजिकै सेवा पाएर धेरै सहज भयो।
त्यस्तै, काठमाडौंमा बस्ने ८० वर्षीय फुल कुमारी खड्का भन्नु हुन्छ वडाले हाम्रो लागि यो सुविधा ल्याएकोमा धन्यवाद दिन्छु। एकै ठाउँमा सबै कागजात मिलाउने सुविधा पाइयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *