Breaking
Tue. Feb 10th, 2026

अरनिको बसपार्कमा जी क्याफे एण्ड नेपाली खाना घर अध्यक्ष क्षेत्रीबाट उद्घाटन

शुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
काठमाण्डौ, जडिबुटी — अरनिको बसपार्क प्रा.लि. परिसरमा जी क्याफे एण्ड नेपाली खाना घर बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। कार्यक्रमको उद्घाटन पूर्व अरनिको अध्यक्ष केदार खत्री क्षेत्रीले रिबन काटेर गर्नुभयो।

उद्घाटन कार्यक्रममा यातायात व्यवसायी, विशिष्ट व्यक्तिहरु तथा अन्य अतिथिहरुको उपस्थितिमा अध्यक्ष खत्रीले नेपालमै बसेर व्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सम्पूर्ण यात्रुहरुलाई सस्तो, गुणस्तरीय र अर्गानिक खाना-खाजाको सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उत्कृष्ट व्यवस्थापनमार्फत सेवा दिने प्रतिबद्धता जनाउनु भयो।

अरनिको बसपार्कका प्रमुख कार्यकारी अधिकृत रबिन्द्र खड्काले पूर्व–पश्चिम यात्रु सेवामा अरनिको बसपार्कको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बसपार्क सञ्चालनपछि पूर्वतर्फ यात्रा गर्ने यात्रुहरुलाई सहज भएको र काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव परेको जानकारी दिनुभयो।

बसपार्कमा निशुल्क सार्वजनिक शौचालय, यात्रु प्रतीक्षालय, व्यवस्थित होटल-रेष्टुरेन्ट, फलफूल पसल, टिकट काउन्टर, स्वच्छ वातावरण तथा पर्याप्त पार्किङ सुविधा रहेका छन्। नेपालकै इतिहासमा यातायात व्यवसायीहरुको समन्वयमा निर्माण गरिएको पहिलो बसपार्कका रुपमा अरनिको बसपार्कको विशेष पहिचान रहेको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *