Breaking
Sat. Mar 14th, 2026

सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल फुट्दा ५ घर जोखिममा जोखिममा ३ घर बाढीले बगायो

सम्पादक -: रबिन्द्र खड्का

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीले ५ वटा घर र एउटा होस्टल जोखिममा परेको जानकारी दिनुभएको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनासहितको टोली पुगिसकेको डीएसपी घिमिरेले जानकारी दिए । उनले भने, ‘तीन घर बगाएको, ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन अहिले सम्म रहेको छैन । नेपाली सेनाद्वारा खोज तथा उद्धारको कार्य भइरहेको छ ।’ वर्षाको समय भएको कारणले व्यापार तथा पर्यटक हरु नआउने भएकोले प्रायजसो व्यवसायी हरु काठमाण्डौमा भएको हुनाले मानवीय क्षती नभएको आकलन गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *