सुनकोशी समाचार
सुनकोशी । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग खेल्न सिन्धुपाल्चोकबाट काठमाडौं प्रस्थान गरेका छन् । प्रतियोगिता भदौ १ र २ गते नागार्जुन कभर्डहल स्युचाटारमा हुनेछ ।
काठमाडौं जिल्ला समन्वय समिति तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त लिगमा सिन्धुपाल्चोकबाट विभिन्न तौल समूहका ६ जनाले सहभागिता जनाउने भएका छन् भने सिन्धुपाल्चोक टिमको कोचको रुपमा सिन्धुपाल्चोक तेक्वान्दो प्रशिक्षक माधव विक रहेका छन् ।
सिन्धुपाल्चोकबाट सहभागि हुने खेलाडहरु
१.अविशेक बस्नेत ४६-५० केजी तर्फ
२. बुद्ध लामा ५०-५४ केजी तर्फ
३. आश्रित पराजुली ४६-५० केजी तर्फ
४. निसान लामा ५४-५८ केजी तर्फ
५. सोनि तामाङ ४६-४९ केजी तर्फ
६. शनिस्का बोहोरा ४९-५३ केजी तर्फ
टिम मेनेजर कुमार बस्नेत छन् भने
टिम कोचः मादब बिक रहेका छन्।
खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको हो।साउन ३२ गते बेलुका सम्ममा सबै जिल्लाका खेलाडीहरु काठमाडौ आई सक्ने काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले सुनकोशीलाई बताए ।
लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ ।
लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले ७ अंक र तेस्रो हुनेले ३ अंक पाउने छन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र याताया तलगायतका खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए । लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।
