Breaking
Wed. Apr 22nd, 2026

उत्कृष्ट जिल्ला सिन्धुपाल्चोकका अध्यक्ष भण्डारी सहित ७ जना सम्मानित

सुनकोशी समाचार

काठमाडौं पौष २८।।नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले ७ जनालाई समान गरेको छ। काठमाडौं फनभ्यालि भक्तपुरमा शुक्रबारदेखि सुरु भएको दोस्रो साधारण सभाको अवसरमा तेक्वान्दोको बिकासमा अतुलनीय योगदान पुर्याएकोले उत्कृष्ट जिल्लाको रूपमा सिन्धुपाल्चोकका तेक्वान्दोका जन्म दाता जिल्ला अध्यक्ष प्रेम बहादुर भण्डारी र चितवन जिल्लाका अध्यक्ष गोपाल श्रेष्ठ सहित ७ जनालाई सम्मान गरेको हो।

कार्यक्रममा भण्डारी सिन्धुपाल्चोकमा मात्रै नभए र देशै भरी तेक्वान्दो खेल र खेलाडीहरूमा प्रिय बन्न सफल भएको भन्दै संघले प्रसंसा समेत गरेको थियो।

सोही अवसरमा तेक्वान्दोका विक्रम खड्गी, राजेन्द्र डंगोल, राजकुमार ठकुरी, बिकेश बिडारी, नीता गुरुङग, काजल श्रेष्ठ, रमिला खत्रिलाई पनि सम्मान गरिएक छ।

यस क्षेत्रमा उनिहरूले पुर्याएको योगदान तेक्वान्दोकर्मी तथा युवा पीडिका लागि प्रेरणाको स्रोत भएको तेक्वान्दो संघ बागमती प्रदेशले जनाएको छ।

उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वगृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पूरी र महासचिव हरिहर ढुंगानाले समान गरेका थिए।।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *