सुनकोशी समाचार
सिन्धुपाल्चोक जेठ १९ –
सुनकोशी गाउँपालिका वडा नं. ५ का नेपाली काँग्रेस वडा सभापति तथा समाजसेवी युवानेता कुमार बस्नेत र उहाँकी धर्मपत्नी सावित्री खड्का बस्नेतको ब्यक्तिगत सहयोगमा रतनकोट आधारभूत विद्यालयका कक्षा ECD देखि ५ सम्म अध्ययनरत ३७ जना विद्यार्थीहरूलाई अंग्रेजी पुस्तक, स्टेशनरी सामग्री र ज्यामितीय शैक्षिक सामग्री वितरण गरिएको छ।
शिक्षामा समान पहुँच र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पढाइको व्यवस्था होस् भन्ने उद्देश्यसहित यो महत्वपूर्ण पहल गरिएको हो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापनय समितिका अध्यक्ष स्याम कुमार लामाले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि युवा नेता कुमार बस्नेत हुनुहुन्थ्यो। विशेष अतिथि समाजसेवी प्रमोद लामा, विद्यालयका प्रधानाध्यापक बाबुकाजि लामा, सावित्री खड्का बस्नेत, समाजसेवी हरिचन्द्र खड्का, दिपक तिमल्सिना लगायत विद्यालय शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।
“शिक्षा नै समृद्ध राष्ट्रको आधार हो। हाम्रो गाउँमा रहेका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभावको महसुस गर्दै हामीले अंग्रेजी माध्यमबाट पढाइको थालनी गर्न आवश्यक ठानेका हौं। हामीले गरेको यो सानो प्रयासले बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउने दिशामा सार्थक पाइला चालिएको छ। आगामी दिनमा विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यम विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न हामी बस्नेत परिवर प्रतिबद्ध छौं। प्रमुख अतिथि बस्नेतले जोड दिनुभयो।
शिक्षा भनेको केवल किताब र कलम मात्र होइन, अवसर र पहुँच हो। मैले दुई जना आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई नगद सहायता प्रदान गर्नुको कारण यही हो – शिक्षा कसैका लागि पनि बाधा नबनोस्। यस किसिमका कार्यक्रमहरू निरन्तर हुनुपर्छ र सबैले सक्दो योगदान गर्नुपर्छ।प्रमोद लामाले भन्नू भयो।
विद्यालयमा अंग्रेजी माध्यम सुरु गर्ने हाम्रो प्रयासलाई समाजका अग्रगामी व्यक्तित्वहरूको साथले अझ सहज र प्रभावकारी बनाएको छ। विद्यार्थीहरूमा सिकाइको स्तर उकास्न यस्ता सहयोगले ठूलो भूमिका खेल्दछ। विद्यालय परिवार यस प्रति प्रमुख अथिति बस्नेत दम्पतीलाई धन्यवाद भन्दै बाकुकाजि लामाले खुसि ब्यक्त गर्नु भयो।
म पनि शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएकी भएकाले सामुदायिक विद्यालयहरूमा बालबालिकाहरूले समान अवसर पाउनुपर्छ भन्ने मान्यता राख्दछु। हामिले खाजा खाने पैसा थोरै थोरै जोगाए र भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूमा सक्रिय रहने सबित्रि खड्का बस्नेतले प्रतिबद्धता व्यक्त गर्दछु।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रम अध्यक्ष स्याम कुमार लामाले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथिहरू, अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण सहयोगी मनहरूलाई आभार प्रकट गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सबैको सहयोगको अपेक्षा रहेको कुरा व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।
