Breaking
Tue. Feb 10th, 2026

पूर्वमन्त्री बस्नेतद्वारा वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

सुनकोशी समाचार

सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नं. ३ स्थित मिलनचोक थापागाउँमा नवनिर्मित वडाकार्यालय भवन र स्वास्थ्य चौकी भवन समुद्घाटन भएको छ।

पुर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच मंगलबार उद्घाटन गर्नु भएको हो । बाह्रबिसे नगरपालिका वडा नं ३ मा निर्मीत नयाँ भवन उद्घाटनसँगै ४०२ जनाले स्वास्थ्य सेवा लिएका छन् । माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा बागमती प्रदेसका पुर्व मन्त्री माननीय मसिना खड्का भण्डारीको विशेष अतिथी र बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत उपप्रमुख मन्जु तामाङ लगाएतको अतिथ्यतामा र वडा अध्यक्ष जिवन कुमार भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा निशुल्क स्वास्थ्य शिबीर समेत सञ्चालन गरिएको थियो ।

दुबै भवनको समुद्धघाटन गर्नु हुँदै माननीय मोहन बहादुर बस्नेतले जनताका माझमा आएर विकासका काम गर्न पर्छ भन्नुहुँदै नेपाली कांग्रेसले नागरिकलाई परेको समस्यासँग जुध्ने काम गरेकोले कांग्रेसलाई विश्वास गरेको बताउँनु भयो। उहाँले काँग्रेसबाट निर्वाचित जन प्रतिनिधीहरूले गरेको विकास देखेर जनता कांग्रेसको पछी लागेको बताउँदै जनताको

मन जित्न हरेक दुखमा साथ दिन पर्छ कोठामा बसेर सामाजिक सञ्जालमा विरोध गरेर होइन भन्नु भयो । उहाँले कम्युनिष्टका नेताहरूले व्यक्तिगत स्वार्थका लागि मात्र काम गरेको तर आफुले सामाजिक स्वार्थका लागि काम गरेका स्पष्ट पार्दै त्यसै अनुरूप बाह्रविसे अस्पताललाई १० करोड रूपैयाँ लिन सफल भएको बताउँनु भयो। कार्यक्रममा विशेष अतिथी बागमती प्रदेसका पुर्व मन्त्री तथा माननीय मसिना

खड्‌काले हरेक विकासका कार्यक्रममा अभिभावकीय भुमिकामा रहनु भएका मोहन बहादुर बस्नेतका कारण जिल्लाको विकासले फड्‌को मारेको बताउँनु भयो ।

यसैगरी कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले नगरका कोही पनि नागरिकलाई कोहि पनि समस्या नपरोस् भन्दै आफुलाई बस्न खान बाह्रविसेमा नै पुग्ने र राजधानीमा घर जग्गा जोड्न आवश्यक नभएको स्पस्ट पार्दै नागरिकको दुखमा साथ दिनु नै आफनो सम्पती भएको बताउँनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापती तथा भवन निमाएणका लागी जग्गा उपलब्ध गराउँन सहयोग गर्नु हुने भुपेन्द्र बहादुर थापाले स्वास्थ्य चौकी भवन बन्यो वडा कार्यलय भवन बन्यो यसमा सबैलाई खुशी लागेको बताउँदै भवन अनुसारको सेवा उपलब्ध गराउँन सबै लागी पर्नु पर्ने बताउँनु भयो यसै गरी पुर्व वडा अध्यक्ष टेक बहादुर भण्डारीले स्वागत मन्तव्य राख्दै वडा कार्यलय भवन रस्वास्थ्य भवन निर्माण गर्नका लागि जग्गाको व्यवस्था गरेर भवन निर्माणमा माननीय मोहन बहादुर बस्नेतले गरेको सहयोगका कारण अहीले सुविधा भएको बाउँनु भयो ।

वडा अध्यक्ष जिवन कुमार भण्डारीले सभापतीको आशनबाट बोल्दै वडा कार्यलय भवन निर्माण गर्नका लागी जग्गा दान गर्नु हुने भगवती थापा, स्वास्थ्य भवन निर्माणको लागी जग्गा दान गर्नु हुने ध्रुब थापा, कुमार थापा, ओम बहादुर थापा, गुमान सिंह थापा, तपेन्द्र बहादुर थापा, डम्बर बहादुर थापा, ले जग्गा दिएपछी सिन्धुविासका अभिभावक नेपली काँग्रसेका प्रभापशाली नेता मोहनबहादुर बस्नेतले बजेटको व्यवस्थ गरिदिएर तिन

करोड रूपैयामा स्वास्थ्य चौकी धवन बनेको र चालीस लाख रूपैयामा वडा कार्यलय भवन बनेको जानकारी दिनु भयो ।

सो अवशरमा उँहाले जग्गा दाता वडाका युवाहरू कर्मचारी स्वास्थ्य कर्मीहरू सबैलाइ विशेष धन्उबाद दिनु भयो र समाजसेवी सिताराम थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा १०३ बर्षका जेष्ठ नागरिक सोनाम दोर्जे सहीत ८२ जना जेष्ठ नारिकलाइ सम्मान गरिएको थियो भने बिर अस्पतालका ३१जना र गंगाला अस्पतालका १२ जना गरी ४३ जना चिकीत्सक स्वास्थ्य कर्मीले स्वास्थ्य परिक्षण गरेर सेवा प्रदान गर्नु भएको थियो। स्वास्थ्य चौकी उद्‌घाटन तथा वडाकार्यलय भवन उद्धघाटनको अवशरमा भएको शिबीरमा मुटुरोगी २०५ जना, दाँत नाक कान घाटी गरी ३२ जना जनरल सेवा ७० जना स्त्रि तथा प्रशुती २५ हाडजोर्नी ७० भिडीयो एक्सरे ५१ जनाले सेवा पाएको, वडाअध्यक्ष जिबन कुमार भण्डारीले जानकारी दिनुभयो ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *