सुनकोशी समाचार
काभ्रेपलान्चोक जिल्ला रोशी गाँउपालिका वडा न ९ मंगलटारमा रहेको श्री मंगल जन बिजय माध्यमिक बिद्यालयका ७१ विद्यार्थीका परिवारलाई लत्ताकपडा ,कपि पेन्सिल लगाएतको राहात सामग्री सुनकोशी ५ रतनकोट निबासी काँग्रेस महासमिति सदस्य युवा नेता समाजसेवी प्रेम लामाले बितरण गर्नु भएको छ।

असोज ११ र १२ गते गएको अबिरल बर्षाको कारण क्षेतविक्षेत भएको बिद्यालयका छात्र,छात्रा गरि ७१ विद्यार्थीका परिवारलाई सिरक,ब्लानकेट,म्याट,कपि कलम,खेलकुद सामाग्री लगाएतको सामान नेेपाली ६ लाख बराबरको सामान भिक्षु आनि को सहयोगमा आफ्नै उत्पादीत कम्पनीबाट बितरण गरिएको प्रेम लामाले सुनकोशी समाचारलाई जानकारी दिनु भयो।
लामाले बिगत देखिनै गरिब दुखि,असाहाय लाई आर्थिक ,लगगाएतका बिबिध सामानहरू बितरण गर्दै आउनुभएको छ।
