Breaking
Thu. Oct 22nd, 2026

सिन्धुपाल्चोक सुनकोशीका एमालेका दुई नेता कांग्रेसमा प्रवेश

सुनकोशी समाचार
सिन्धुपाल्चोक — सुनकोशी गाउँपालिकामा नेकपा (एमाले) का दुई स्थानीय नेता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सुनकोशी गाउँपालिका–६ अन्तर्गत कल्लावारीका मिलन लामा र भिरकुनाका घमानसिंह भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा सुनकोशी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य रामकुमार थापा, नेपाली कांग्रेस सिन्धुपाल्चोकको महाधिवेशन तयारी समितिका संयोजक लालकाजी तामाङ, सुनकोशी–६ का कांग्रेस इकाइ सभापति रविन्द्र भण्डारी र पूर्ववडा इकाइ सभापति इन्द्रबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो।

दुई स्थानीय नेता कांग्रेसमा प्रवेश गरेसँगै सुनकोशी गाउँपालिका–६ मा कांग्रेसको स्थानीय राजनीतिक गतिविधि थप चर्चामा आएको छ। यद्यपि, उनीहरूले एमाले परित्याग गर्नुको कारण र कांग्रेस प्रवेश गर्नुको उद्देश्यबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *