Breaking
Sun. Sep 13th, 2026

संकटमा नागरिकसँगै बाह्रबिसे नगरपालिका

Screenshot

सुनकोशी समाचार
बाह्रबिसे । भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण चीनतर्फ रोकिएर बसेका सयौँ नेपाली नागरिक आज तातोपानी–लिपिङ नाकाबाट स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएका नागरिकलाई तातोपानीबाट काठमाडौंसम्म सुरक्षित रूपमा पुर्‍याउन बाह्रबिसे नगरपालिकाले तीनवटा अरनिको बसको भाडा व्यवस्थापन गरेको छ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहल तथा सल्लाहमा नगरपालिकाले उक्त व्यवस्था गरेको हो।

बाढीपछि चीनतर्फ रोकिएका नेपाली नागरिकहरू स्वदेश फर्किन थालेपछि उनीहरूको सहज र सुरक्षित यात्राका लागि स्थानीय तहले यातायात व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ।

बाह्रबिसे नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले संकटमा परेका नागरिकको उद्धार, सहयोग र सेवा गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन्।

उनले भने, “संकटमा परेका नागरिकको उद्धार, सहयोग र सेवा गर्नु मेरो जिम्मेवारी र दायित्व हो। जनताको दुःखलाई आफ्नै दुःख ठानी निष्पक्ष र जिम्मेवार ढङ्गले सेवामा निरन्तर समर्पित छु।”

मेयर बस्नेतका अनुसार भदौ २२ गते तातोपानी बोर्डरबाट काठमाडौंसम्म नागरिकलाई ल्याउन तीनवटा अरनिको बसको भाडा नगरपालिकाले व्यवस्थापन गरेको हो। आगामी दिनमा पनि आवश्यकताअनुसार नागरिकको सहयोगमा निरन्तर सक्रिय रहने उनले प्रतिबद्धता जनाएका छन्।

बाढी तथा विपद्का कारण विभिन्न स्थानमा अलपत्र परेका नागरिकको उद्धार र सुरक्षित आवागमनका लागि स्थानीय तह, जनप्रतिनिधि तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *