Breaking
Sat. Mar 14th, 2026

अवाञ्छित गतिविधि हुननदिन निरन्तर निगरानी गर्न नागरिकलाई सेनाको आग्रह

सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक ,,नेपाली सेनाले अवाञ्छित गतिविधि हुननदिन निरन्तर निगरानी गर्न नेपाली नागरिकमा आग्रह गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भएर स्थितिको निरन्तर निगरानी र खबर आदान प्रदान गरी समाजमा सुरक्षित भएर रहन आग्रह गरेको हो। 

देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरूमा उच्छृङ्खल तत्त्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरू आफ्नो समुदायमा देखिएमा नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन अनुरोध गरिएको छ।  

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *